ताराखोला समाज जापानद्धारा बाढी पीडित र स्वास्थ्य चौकीलाई १४ लाख बराबरको सहयोग

मन्दिप निउरे, ताराखोला

ताराखोला समाज जापानको सहयोगमा बागलुङको ताराखोलामा शनिबार एक कायक्रमका बिच बाढी पीडितलाई राहत रकम र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रोजगारीको शिलशिलामा जापानमा रहेका ताराखोला बासिन्दाद्रारा गठित ताराखोला समाज जापानको सहयोगमा ताराखोला समाज ताराखोलाको संयोजनमा बाढी पीडितको लागि ७ लाख रकम र हिल स्वास्थ्य चौकिको लागि ७ लाख बराबरकै स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

कायक्रममा ताराखोला गाउँपालिका भित्र विभिन्न समयमा बाढी पहिरोका कारण पीडित भएका ३५ परिवार मध्य वाड नम्बर १ मा २ ,वाड नम्बर २ मा ११ वाड नम्बर ३ मा १४ ,वाड नम्बर ४ मा २ र वाड नम्बर ५ मा ५ परिवारलाई न्युनतम ५ हजारदेखि अधितम १ लाख २० रुपैयाँ राहत र वाड नम्बर ३ मा रहेको हिल स्वास्थ्य चौकिका लागि ७ लाख बराबर को भिडियो एक्सरे मेशिन र एनालाइजर मेसिन १/१ थान प्रदान गरिएको ताराखोला समाज ताराखोलाका सचीव गणेश काकिले जानकारी दिए ।

कायक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले वैदेशिक रोजगारमा रहेर जन्मभुमिमा हुने हरेक खालका बिपद र सामाजिक बिकासमा सहकाय गर्दै आइरहेको ताराखोला समाज जापान प्रती आभार प्रकट गरे । कायक्रममा वाड नम्बर २ का वाड अध्यक्ष भद्र बहादुर घर्ती ,३ का अध्यक्ष डिल बहादुर बस्नेत , हिल स्वास्थ चौकिका प्रमुख प्रलाश शर्मा ताराखोला समाज ताराखोलाका सदस्य खडक काकी लगायतले मन्तव्य राखेका थिए ।

कायक्रम ताराखोला समाज ताराखोलाका अध्यक्ष गणेश चोखालको अध्यक्षता , सदस्य कुल बहादुर रोकाको स्वागत मन्तव्य र सचिव गणेश कार्कीको संचालनमा सप्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *