ताराखोलाको टोल-टोलमा संगठन विस्तार गर्दै माओवादी केन्द्र

आदर्श अनलाइन, ताराखोला

ताराखोला गाउँपालिमा नेकपा माओवादी केन्द्रले टोल कमिटी गठनलाई तीव्रता दिएको छ । सोमबार वडा नम्बर-३ को काक्रांखोर टोलमा तेजु कार्कीको अध्यक्षमा १७ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

जसको स–संयोजकमा लिल बहादुर विक, सचिवमा गंग बहादुर खत्री, सह-सचिव यामलाल निउरे, कोषाध्यक्षमा राधिका भर्ताल चयन भएका छन् भने सदस्यहरुमा कृष्ण विक, दिपक घिमिरे, लाल बहादुर खत्री, कृष्ण चुदारा, भिम बहादुर विक, मतिलाल विक, प्रेम खत्री, रविन कार्की, लिल बहादुर खत्री, रिता विक, कृष्ण खत्री र सिर्जना कार्की चयन हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र पालिका कमिटी सदस्य कृष्ण विकको अध्यक्षतामा भएको भेलामा माओवादी केन्द्रका जिल्ला सदस्य एवम् वाइसीएल जिल्ला संयोजक रमेश घर्ती, गाउँपालिका सदस्य एवम् वाइसीएल पालिका संयोजक जीवन बस्नेत, गाउपालिका सदस्यहरु कर्ण बहादुर भण्डारी र रबिन्द्र चोखालले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले ताराखोला माओवादीको किल्ला भएको हुँदा माओवादीको विरासतलाई सधैं जोगाइ राख्ने बताए । कार्यक्रम नेकपा माओवादी केन्द्र वडा सदस्य लिल विकले स्वागत र सदस्य शान्त खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *