नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी


आदर्श अनलाइन, बागलुङ

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेश राजभण्डारी चयन हुनुभएको छ । मंगलबार आयोजना गरिएको दोस्रो अधिवेशनबाट मुकेश राजण्डारी सर्वसम्बत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । जिल्ला समितिको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक, प्रकाश शर्मा चयन हुनुभएको छ ।

समितिको महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसी नारायण भारी, कोषाध्यक्षमा मनकाजी बि.क, सह–कोषाध्यक्षमा नर वहादुर के.सी रहनुभएको छ । यस्तै सदस्यहरुमा कमला पुन, नर कुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जंग बहादुर राना, टेक बहादुर राना र हिदायत हुसेन रहनुभएका छन् ।

यस्तै महिला उप–समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा ललिता थापा, नरमाया पुन, सम्झाना श्रेष्ठ रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *