नवलपुरमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु, २४ जना घाइते

आदर्श अनलाइन, नवलपुर
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १० स्मृति पुलनजिकै बस र ट्रक  एक–आपसमा ठक्कर खाँदा तीनजनाको  मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार बिहान करिब चार बजेतिर काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ७१२६ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको हो भने २४ जना घाइते भएका  हुन् ।

दुर्घटनामा परी बर्दिया जिल्लाको बाँसवासी नगरपालिका– ८ निवासी ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर निवासी ४० वर्षीया रंगी तिरुवा र कञ्चनपुरकै महेन्द्रनगर झरारीनिवासी ३५ वर्षीय कृष्ण रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । मृतक सबै बसमा सवार हुन् ।

दुर्घटनामा परी ट्रकचालक एकजना र बाँकी बसचालकसहित बसमा सवार रहेका घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर, सातजनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो ।  घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *