दूधमा आत्मनिर्भर बनाउन सहकारीको भूमिका प्रभावकारी : सांसद केसी

आदर्श अनलाइन, बागलुङ
बागलुङ दुग्ध उत्पादक सहकारी संघको २० औं साधारणसभा बागलुङ बजारमा बुधवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि संघीय सांसद मन कुमारी केसीले बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर गराउनका लागि सहकारी संस्थाको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।

सहकारीले आफ्नो लक्ष्य अनुरुप किसानले उत्पादन गरेको दूधलाई प्रशोधन र बजारिकरण गर्दै आएको भन्दै सांसद केसीले सहकारीको असली भावना र मर्मका साथ अघि बढ्न सके सहकारी मार्फत पनि समृद्धिमा ठुलो पु¥याउन सकिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले नेपालका पाँच नमूना दूग्ध सहकारी मध्येको एक बागलुङ दूग्ध उत्पादक सहकारी भएको भन्दै बागलुङलाई दूधमा आत्मनिर्भर मात्रै नगराई दूग्धजन्य पदार्थ विक्रीबाट समेत धेरै आम्दानी गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा सहकारी संघका सचिव राम बहादुर हमालको प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कँडेलद्वारा आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक कमल प्रसाद शर्माबाट लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

दूग्ध सहकारी संघले संघमा आबद्ध १४ सहकारीका झण्डै १५ सय किसानहरुले उत्पादन गर्दै आएको दूध सहकारी मार्फत संकल तथा बजारिकरण गर्दै आएको सहकारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । दूग्ध सहकारी संघले आर्थिक वर्ष २०७७÷७८ मा रु. ६ करोड ७३ लाख ३० हजार आम्दानी र रु. ६ करोड १४ लाख १२ हजार खर्च भई ६० लाख रकम बचत गर्न सफल भएको छ ।

कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले दूध तथा दूग्ध जन्य पदार्थहरु पनिर, नौनी, छुर्पी लगाएतका ९ बस्तु उत्पादन तथा विक्री गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *