चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरे

आदर्श अनलाइन, लमजुङ
चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेको किसान रुनबहादुर गुरुङले बताउनुभयो  ।

चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उहाँले बताउनुभयो । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् ।

किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *