जन्मदिनमा आश्रमलाई सहयोग

आदर्श अनलान, बागलुङ
बागलुङ घर भई अष्ट्रेलियामा बस्दै आउनुभएका विनोद पाठक र कविता पाठकको छोरा रायन पाठकको पहिलो जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखालाई आश्रममा आवश्य विद्युतीय उपकरण सहयोग गरिएको छ ।

रायन पाठकको पहिलो जन्मदिनको अवसरमा उहाँका हजुरबुबा कृष्ण पाठकले आश्रमलाई इलेक्ट्रिकल डिस्पेन्सर र मिक्चर सहयोग गर्नुभएको हो । कार्यक्रममा कृष्ण पाठकले आश्रममा तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै तातो चिसो पानी आउने इलेक्ट्रिक डिस्पेन्सर र जुस तथा मसला बनाउन प्रयोग गरिन्छ । कार्यक्रम रमेश केसीले सञ्चालन गनुभएको थियो ।

पछिल्लो समय जन्मदिनमा फजुल खर्च गर्ने कार्य कढेर गएपनि केहीले भने आश्रमलाई जन्मदिनको अवसरमा सहयोग गर्दै आइरहेको छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *