स्वास्थ्यको वार्षीक समीक्षा : बागलुङमा ३६ प्रतिशत नागरिकले कोरोना विरुद्धको पुर्ण खोप लगाए

आदर्श अनलाइन, बागलुङ
कोरोना विरुद्धको खोप अभियान संचालन भए यता जिल्लामा हाल सम्म ३६ प्रतिशत नागरिकले पुर्ण खोप लगाएका छन । स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रम मार्फत सार्वजानिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १८ वर्ष माथिका ३६ प्रतिशत नागरिकले कोरोना विरुद्धको पुर्ण खोप प्राप्त गरेका छन । त्यसैगरी जिल्लामा हाल सम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

कार्यालयका अनुसार हाल सम्म १८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययन गर्ने २ हजार ६ सय ६६ जना विद्यार्थीले कोरोना विरुद्धको खोप लगाएका छन । जिल्लामा कुल ६६ हजार ९ सय ९२ ले पहिलो डोजको मात्रा खोप लगाएका छन भने ५६ हजार ७ सय ८ जना नागरिकले पुर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौले बताए । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएका स्वास्थ्य क्षेत्रका काम तथा सूचकहरुको बारेमा छलफल र स्वास्थ्य क्षेत्रले आगामी दिनका कसरी काम गर्ने र महामारी व्यवस्थापन तथा चालु वर्षको कार्ययोजना तयार पार्ने उद्देश्य संचालन गरिएको कार्यक्रममा जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा भएको प्रगतीको बारेमा छलफल गरिएको थियो ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसुति पश्चात हुने जाँच गर्ने महिलाको संख्या भने बढ्दै गएको छ । अघिल्लो वर्ष देखी सुत्केरी पश्चात स्वास्थ्यकर्मीद्धारा नै घरभेट कार्यक्रम संचालन भए सँगै आर्थिक वर्ष ०७६।०७७ मा ११ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा १८ प्रतिशत पुगेको गुरौले जानकारी दिए । ‘आमा सुरक्षा कार्यक्रममा नियमित गर्भ जाँच र संस्थागत सुत्केरी दर अघिल्ला वर्षमा जस्तै रहेको छ गुरौले भने,–‘यस वर्ष सुत्केरी पश्चात जाँच गर्नेको संख्या बृद्धि भएको छ । जिल्ला भरी नै घरमै पुगेर सुत्केरी महिलालाई भेटने र जाँच गर्ने कार्यक्रम लागु भएको छ । त्यसले पनि यसमा उल्लेखनिय प्रगती भएको हो । यसले आमा सुरक्षा कार्यक्रम थप प्रभावकारी भएको छ ।’

त्यसैगरी जिल्लामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या पनि १ प्रतिशतले बृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा क्षयरोगका विरामी पत्ता लगाउने दर पनि बृद्धि भएको छ । अघिल्लो वर्ष १ सय ४६ जना क्षयरोगका विरामी पत्ता लागेकोमा यस वर्ष १ सय ४९ जना पत्ता लगाएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनाका कारणले खकार नमुना संकलन तथा जाँच गर्न समस्या भएका कारणले अझै लक्ष्य अनुसार नयाँ विरामी पत्ता लगाउन सकिएको थिएन ।

जिल्लामा कुल पत्ता लगाएका क्षयरोगका विरामी मध्ये १ दशमलब ४६ प्रतिशतको क्षयरोगका कारण मृत्यु भएको उनले बताए । जिल्लाका क्षयरोग समस्या पनि जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ । जुन कोरोना संक्रमणबाट हुने मृत्युदर भन्दा क्षयरोगबाट हुने मृत्युदर बढि रहेको घिमिरेले बताए ।

गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बागलुङले कारोना महामारी मेरो जिम्मेवारी अभियान संचालन गरेको थियो । त्यसले थप जिम्मेवारी बनाएको कार्यालय प्रमुख गुरौले जानकारी दिए । कार्यालयले गत आर्थिक वर्षमा खोपको बारेमा अभिमुखिकरण, किशोरकिशोरीलाई आईरन र फोलिक एसिड खुवाउने कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गरेको थियो । समिक्षा कार्यक्रममा स्थानिय तहमा दरबन्दी अनुसारका दक्ष स्वास्थ्यकर्मी नहुँदा नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको गुनासो आएको थियो ।

समिक्षा कार्यक्रममा जुम मार्फत बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिम खड्काले कोरोना महामारी विच पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नागरिकको सेवा प्रवाहमा खटेर उल्लेखनिय भुमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका थिए । उनले बागलुङको समग्र स्वास्थ्य क्षेत्रको विकासका निम्ती प्रदेश निर्देशनालयबाट थप सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका निम्ती प्रमुख भुमिका भनेकै स्वास्थ्यकर्मीको रहेको बताए । उनले कोभिड नियन्त्रणका र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममा जिल्ला समन्वय अधिकृत खिमबहादुर वि.क लगायतले स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउनका लागी नागरिक र स्वास्थ्यकर्मी सवै उत्तरदायि हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्लाका दश वटै स्थानिय तहमा भएको स्वास्थ्य क्षेत्रको प्रगतीको बारेमा छलफल गरिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न गैह्र सहकारी संस्थाहरुले पनि आफ्ना बार्षिक क्रियाकलापका बारेमा छलफल गरेका छन ।

कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका अध्यक्ष सुरज गुरौको अध्यक्षता क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको स्वागत र तथ्याङ अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *