गलकोटमा बजार अनुगमन

आदर्श अनलाइन, गलकोट
गलकोटको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा आज अनुगमन गरिएको छ । घरेलु तथा साना उधोग कार्यालय बागलुङ, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ, र गलकोट नगरपालिकाका टोलीले बजार अनुगमन गरिएको हो ।

बजारमा भइरहेको गतिविधि बुझ्ने र उपभोक्ता हित विपरित काम भइरहेको भए तत्काल सुधार गर्ने उद्देश्य र सम्पुर्ण व्यवसायीलाई करको दायरामा अनिवार्य रुपमा ल्याउनको लागि बजार अनुगमन सुरु गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार हटिया बजारका किराना, तरकारी तथा फलफुल, मासु पसल, होटल कस्मेटिक पसल लगाएतका बजारको अनुगमन गरिएको हो । बजार अनुगमनको क्रममा पसलमा मुल्यसूचि नटाँसिएको दर्ता भएका पसलहरु नबिकरण नभएको, पसलमा होडिङ बोर्ड नभएको, पेट्रोलियम पदार्थहरुमा नाप नपुगेको, मदिरा तथा सुर्तिजन्य खाध्य पदार्थहरु एकै ठाँउबाट बिक्रि भईरहेको, किराना सामानामा लेबल टाँस नभएको, म्याद नाघेका वस्तुहरु विक्री गरिएको भेटिएको छ ।

अनुगमनका क्रममा विभिन्न पसलहरुबाट चकलेट, सुजि, मसला, कुरमुरे, माडा ग्लिरिसिन लगायतका सामानहरुमा म्याद नाघेको पाइएको हो । म्याद नाघेको सामानहरुलाई बरामद गरि नष्ट गरिएको खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख शिवजी बरालले जानकारी दिनुभयो ।

बजार अनुगमनमा घरेलु तथा साना उधोग कार्यालय बागलुङका अधिकृत विष्णुनाथ शर्मा,, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ प्रमुख शिवजी बराल, जिल्ला प्रशासन कार्यालय बागलुङका नायब शुब्बा युवराज शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, जयलाल सापकोटा गलकोट नगरपालिकाका प्रसासकिय अधिकृत तुल बहादुर बिक, प्रहरी चौकी हटियाका प्रमुख बाबुराम पुरी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

अनुगमनको क्रममा खाध्य सामानहरुको गुणस्तरीयता भए नभएको, पसल दर्ता भए नभएको, मुल्यसुचि उपभोक्ताले देख्ने गरि टासिएको छ वा छैन, होडिङबोर्ड राखिएको नराखिएको, पसल तथा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त भएको वा नभएको लगायत विविध पक्षको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा भेटिएका म्याद नाघेका खाध्य सामाग्री विक्रि गरिएको र मापदण्ड विपरितका पसलहरुलाई, सुझाव तथा निर्देशन दिएको, दर्ता तथा नविकरण नभएका पसलहरुलाई अनिवार्य दर्ता गर्न तथा नविकरण गर्न र म्याद नाघेका खाध्य सामाग्रीलाई तत्काल हटाउन सुझाव समेत दिएको बताइएको छ ।

यदि कसैले त्यस्ता पसलहरुमा सुधार नभए आवश्यक कारवाही गरिने बताइएको छ । अनुगमन टोलीले सम्पुर्ण उपभोक्तालाई कुनैपनि सामाग्री खरिद गर्दा वा उपभोग गर्दा लेवल वा म्याद परिक्षण गरेर मात्र खरिद गर्न तथा उपभोग गर्न समेत आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *