स्पेनका ८२ वर्षीय आरोही कार्लोस १२ औं पटक धौलागिरी आधार शिविरमा

आदर्श अनलाइन, म्याग्दी
हिमाल आरोहीहरुमध्ये सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने उद्धेश्य सहित हिमाल आरोहणमा निस्केका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ आइपुगेका छन् । 

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औं पटक आरोहण गर्दा पनि धौलागिरीको शिखरमा पाइला राख्न सफल भएका छैनन् ।

संसारको सातौं अग्लो धवलागिरि प्रथम (८,१६७ मिटर) आरोहण गर्न ८२ वर्षीय स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेन बेस क्याम्प पुगेका हुन् । 

यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रेका हुन् ।

 धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पु¥याइएको हो ।  उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।

सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका उनले धवलागिरीबाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । 

उनले धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका थिए । उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका थिए । नेपाल, पाकिस्तान र चिनमा रहेका ८ हजार मिटर माथिका १४ हिमाल छोटो समयमा आरोहण गरी म्याग्दीमा निर्मल पूर्जाले कीर्तिमानी कायम गरेका छन् ।

धवलागिरि वेस क्याम्पमा आरोहीहरुको चहलपहल

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहणका लागि आरोहीहरुको चहलपहल बढेको छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरु पुग्नेक्रम बढेको छ । 

यो सिजनमा आरोहणका लागि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरु गरि करिब ७० जना आधार शिविरमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । पाइनर एडभेन्चर र हिमालयन गाईड मार्फत समेत आरोहणका लागि पर्वतारोहीहरु आधार शिविरमा पुगिसेका छन् ।

सबैभन्दा धेरै आरोहीहरुको आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईका अनुसार, यो सिजनको आरोहणको लागि अधिकाँश आरोही आधार शिविरमा पुगिसेका छन् ।

बर्षा र ७२ घण्टे पिसीआर रिपोर्टको मापदण्डको कारण अधिकाँश आरोहीहरु म्याग्दीबाट हेलिकप्टर मार्फत नै आधार शिविर पुगेको गुरागाईले जानकारी दिए । अधिकाँश आरोही सवारी साधन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम र मंगला गाउँपालिकाको बावियाचौरबाट हेलिकप्टर मार्फत आधार शिविर पुगेका हुन् । सेभेन समिटको व्यवस्थापनमा यो सिजनमा २६ विदेशी सहित २१ जना नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन् ।

यो टोलीका आरोहीहरुमध्ये जम्मा ९ जना पर्यटकहरु मात्रै ताकम–मुदी हुदै आधार शिविर पुग्ने पदमार्गबाट पदयात्रा गरेर गएका छन् । 

केहि पर्वतारोहीहरु मुस्ताङको मार्फा हुँदै पदयात्रा गरेर समेत आधार शिविर पुग्ने गरेका छन् । नेपाली महिलाहरुको तर्फबाट धौलागिरिको पहिलो आरोहणको तयारीमा रहनुभएकी पत्रकार पूर्णिमा श्रेष्ठले अधिकाँश टोली आधार शिविर पुगिसकेकाले आफु मार्फा हुदैको पदमार्ग भएर आधार शिविरतर्फ जान लागेको जानकारी दिइन् ।

‘गत वैशाखमा नै धौलागिरिमा नेपाली महिलाहरुको तर्फबाट पहिलो पटक धौलागिरिको सफल आरोहण गर्ने कोसीस गरेका थियौँ, त्यस समयमा आधार शिविरमा कोरोना संक्रमण फैलिएपछि आरोहण स्थगीत गरेर फर्कनुपरेको थियो, यस पटक तीन जना महिलाहरुले पुनः आरोहणको लागि आधारशिविरतर्फ लागेका छौँ’– उनले भनिन् । धौलागिरिमा नेपाली महिलाहरुको पहिलो आरोहणको किर्तिमानका लागि पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र मायाँ शेर्पा यो सिजनमा धौलागिरि आरोहणको तयारीका लागि आधारशिविर प्रस्थान गरिसकेका छन् । यस टोलीले आगामी अक्टोबर १५ भित्रमा आरोहण सकेर फर्कने गरि कार्यतालिका बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *