तंग्राममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नम्बर४ तंग्रामको वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले अनुदानको नाममा ः एमसीसी सम्झौता गरे मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने बताउनुभयो ।

थापाले विभिन्न बाहनामा पटक–पटक मुलुकको स्वाधीनता माथि सौदाबाजी गरिरहेको भन्दै राष्ट्रियताका लागि सधै संघर्षरत जनमोर्चाका कार्यकर्ताहरु शसक्त रुपले लाग्न आव्हान गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोलाका अध्यक्ष लक्षमण पुन, अखिल नेपाल शिक्षक संघका कमला थापा, राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव तथा काठेखोला गाउँ कार्यसमिति सदस्य टिका संगम विकले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल भुपु सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, अखिल नेपाल शिक्षक संघ काठेखोलाका अध्यक्ष धन प्रशाद पुन लगायतले बोलेका थिए । कार्यक्रम वडा समितिका अध्यक्ष विष्णु कडेलको अध्यक्षता, र वडा समितिका सचिव शस बहादुर विकको स्वागत र कृष्ण विकको सञ्चालन सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *