अनेरास्ववियू (क्रान्तिकारी) बागलुङको अध्यक्षमा काउचा

आदर्श अनलाइन, बागलुङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा मिलन काउचा मगर चयन हुनु भएको छ ।

अनेरास्ववियू क्रान्तीको २४ औं जिल्ला सम्मेलनले काउचालाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रदिप सापकोटा, सचिवमा विकास कडेँल, कोषाध्यक्षमा देवि कुमारी रसाईली र अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपेश पुनले शिक्षा निजीकरणबाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेकोे बताउनुभएको छ ।

पुनले शिक्षा मुठीभर मान्छेको हातमा पुगेको बताउदै शिक्षामा विभेद र असमानता रहेको बताउनुभयो । उहाँले अहिले असमानता बढ्दै गईरहेकोले यसको अन्त्य गर्नको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन क्रान्तिकारीले संघर्षमा रहेको बताउनुभयो ।

पुनले पछिल्लो समयमा समान शिक्षामा षड्यन्त्र भएको बताउदै जीवन बदल्ने जनवादी शिक्षाको महत्व सबैले बुझनुपर्ने बताउनुभयो । जनयुद्वको बेसमा जनआन्दोलन हुँदै संघिय गणतन्त्र स्थापना गणतन्त्रका सेनानी विद्यार्थी भएको उल्लेख समेत उहाँले बताउनुभयो ।

पुनले नेपालको ईतिहाँसमा कम्युनिष्ट विद्यार्थी आन्दोलनले प्रभावकारी भुमिका निर्वाह गरेको समेत प्रष्ट पार्नुभयो । कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन काउचाको अध्यक्षता तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला ईन्चार्ज जीवन शर्माको स्वागत तथा विकास कडेँलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *