मुस्ताङमा भेटियो नयाँ प्रजातिको दुर्लभ चरा

एसके थकाली, मुस्ताङ

मुस्ताङ जिल्लाको उपल्लो क्षेत्रमा पहिलो पटक दुर्लभ प्रजातिको नयाँ चरा भेटिएको छ ।

यस क्षेत्रमा नेपालमै दुर्लभ मानिएको ठेउवा प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।

‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’नामबाट चिनिने सो प्रजाति नेपालमै पहिलो पटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो ।

धार्मिक कला संस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिरहरू कैद गरेका थिए ।

पर्यटनकर्मी गुरुङले कैद गरेका तस्बिरहरु सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आँकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’जोमसोमरलोमान्थाङका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।

तस्बिर खिचेर पठाएपछि उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’नै हो भन्नेमा उनी विश्वस्त भए । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई सो चराको विभिन्न तस्बिरहरू पठाइएको थियो ।

बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चरा विदहरु डा। हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्य लगायतले सो चरा ‘युरोपियन रोलर’नै भएको र हालसम्म सो चरा नेपालमा अभिलेख नभएको बताएका छन् ।
चरा अवलोकनमा रुची राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साही भएको बताए ।

यस्तै, संरक्षण अधिकृत ऋषि बरालले अझै पनि नेपालमा नयाँ चराहरू भेटिनु थप अनुसन्धानको आवश्यकता रहेको औँल्याए । ुनयाँ प्रजातिको चरा कसरी यस क्षेत्रमा आयो रु यीनको अवस्था कस्तो छरुु उनले भने ुयसका लागि हामीले थप अनुसन्धान गर्नैपर्ने हुन्छ ।’

वरिष्ठ चरा विज्ञ डा। हेम सागर बरालले उपल्लो मुस्ताङमा भेटिएको उक्त चरा विल्कुल नयाँ प्रजातिको भएको दावी गरे । ‘वास्तवमा यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुची राख्ने विज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरे, अन्तत चरा उपल्लो मुस्ताङमा पो भेटियो,ु उनले भने ुयो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ, यो चरा वयस्क चरा भने होइन ।’

उनका अनुसार यी चराहरु वयस्क हुँदा नयाँ ठाउँमा जाने कारणले आएको हुनसक्ने र यसको बारेमा थप खोज गरिनु पर्ने हुन्छ। यो प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराको सख्या ५ सय १९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *