सर्पले डसेर बरेङमा बालकको मृत्यु


–आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ नयाँ बजारमा मंगलबार सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुनुहुन्थ्यो ।

सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

पठनपाठनको लागि विद्यालय पुगेका खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको हो । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्रै सर्पले टोकेको पहिचान भएकाले उपचारमा ढिलाई समेत भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *