ढुङ्गाले च्यापिएर एकको मृत्यु

आदर्श अनलाइन, गोरखा
गोरखामा ढुंगाले च्यापिएर एक जनाको मृत्यु भएको छ। ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सहिदलखन गाउँपालिका -८ बराहफाँट निवासी ४५ वर्षीय वीर बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मैलुङ ढोडेनीस्थित सडक खण्डमा मंगलबार दिउँसो ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खसेर च्यापिएका परियारको घटनास्थलमै मृत्यु भएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *