कांग्रेस पर्वतको नव निर्मित भवन उद्घाटन

आदर्श अनलाइन, पर्वत
नेपाली कांग्रेस पर्वतको नव निर्मित भवनको कांगेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फ प्रधानमन्त्री देउवाले पर्वत कांग्रेसको नयाँ भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै देउवाले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै खुशी ब्यक्त गरे । उनले पाटी कार्यालय कार्यकर्ताहरुका सुख दुःख विसाउने थलो हुने विश्वास समेत ब्यक्त गरे । कार्यालय भवन निर्माण गरेकोमा पर्वत कांग्रेसलाई देउवाले धन्यवाद समेत ब्यक्त गरेका थिए । भवन उद्घाटन कार्यक्रममा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्लाको पाटी कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलेले आफ्नै शक्तिले देशको ठूलो पाटी हुन कांग्रेस नेता कार्यकर्ताले प्रयास गर्नुपर्ने धारणा राखे । उनले भने–‘हामी आफै ठूलो पाटी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पाटी हुने होइन ।’ बरिष्ठ नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको समेत बताए । उनले कांग्रेस पाटी भित्रको लोकतान्त्रिक मूल्य मान्यतालाइ संस्थागत गर्नुपर्ने धारणा राखे । पौडेलले पनि जुम प्रविधि मार्फत नै सम्बोधन गरेका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुन जोशीले पाटी भित्र गुट बन्दीको अन्त्य गर्न आग्रह गरे । उनले गुट रहित कांग्रेस बनाई आगामी महाधिवेशन सम्पन्न गर्न समेत आग्रह गरे ।

कार्यक्रममा पाटी जिल्ला सभापति खिमप्रसाद भ्ुषालले पनि मन्तब्य राखेका थिए । भवन उद्घाटन कार्यक्रमको सञ्चालन राजीव लामिछानेले गरेका थिए ।

भवन निर्माण गर्न कुल १ करोड ४७ लाख खर्च भएको हो । भवन निर्माण समितिका संयोजक समेत रहेका जोशीले दिएको जानकारी अनुसार कुल २ करोड १३ लाखका स्टिमेण्ट रकम मध्ये १ करोड ४७ लाख रकममा भवनको निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणको लागि विभिन्न संघ सस्था, ब्यक्ति तथा शुभेच्छुकसंग रकम संकलन गरिएको जोशीले जानकारी दिए ।

भवन निर्माणका लागि प्राप्त रकम मध्ये ६५ लाख रुपैंया बचत भएको छ । बचत भएको रकम विभिन्न अक्षय कोषमा राखिने जोशीले जानकारी दिए । २०६६ साल कार्तिक ११ गते निर्माण कार्य शुरु भएको उक्त भवन १२ बर्ष पछि निर्माण सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *