बुर्तिबाङमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला

आदर्श अनलाइन, बुर्तिबाङ
नेपाल कम्युनिस्ट पार्टी एमाले ढोरपाटन नगरपालिकाको अगुवा कार्यकर्ता भेला बुर्तिबाङमा सम्पन्न भएको छ । नेकपा एमाले ढोरपाटन नगर इन्चार्च लक्षमण पुनको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य मोहनलाल शर्माले बर्तमान राजनीतिक घट्ना क्रमको बारेमा बाल्नु हुँदै नेपाली जनताको जनजिबिकाको लागि एमालेको क्रान्ति जारी रहेको बताउनुभयो ।

नगर कमिटिद्धारा आयोजित बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले वर्तमान राजनितिक घटनाक्रमलाई सबै नेता कार्यकर्ताले बुझ्न आवश्यक रहेको बताउनुभयो । राजनितिमा उतारचढाव, विभाजन, धु्रविकरण, फुट स्वभाविक प्रक्रिया भएको उहाँको भनाई थियो । ७० वर्षसम्म जनयुद्ध, मधेश आन्दोलनलगायत सबै प्रकारका आन्दोलन गरी संघिय गणतन्त्र प्राप्त भएको भन्दै अव विकास र समृद्धिको बहस हुन अनिवार्य रहेको उहाँको भनाई थियो । पार्टीबाट केहि अंश चोँईटिएर गएपछि पार्टी झनै बलियो र एकढिक्का भएको उहाँको दावी छ ।

कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य हिरा के।सीले पार्टी संगठन संचालनका गतिविधि सकारात्मक रुपमा भैरहेको बेलामा मात्र नभै नाका बन्दि, महामारी साथै राष्ट्रियताको बिषयमा अन्य राजनैतिक दलहरु चुईक्क बोल्न नसकेको अबस्थामा एमाले नेतृत्वमा बनेको सरकारले यस्ता खालका समस्याहरुलाई चिर्न सफल भएको बताउनुभयो । अबको चुनाबमा नेकपा एमाले पुनः ठुलो दल बनेर सरकारको नेतृत्व गर्ने उहाँको तर्क थियो ।

यस्तै कार्यक्रमा बोल्दै प्रदेश कमिटी सदस्य शुनिल शेरचनले नेकपा रहदा प्रचण्डको योजना भनेकै माधब कुमार नेपाल संग मिलेर पार्टी कब्जा गर्ने, गर्न नसके पार्टीमा विभाजन ल्याउने उहाँको यहि मानसिकता रहेकोले गर्दा पार्टी भित्र एकताको अनेकौ प्रत्यन गर्दा पनि प्रण्डको कारणले एकता कायम गर्न नसकेको बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सचिव विष्णु भुसालले विदेशीको ईशारामा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास गरीएको र त्यसको पहिलो मतियार नेता प्रचण्ड र माधब नेपाल बनेको भन्दै उहाँले भन्नुभयो, ‘कम्युनिष्ट एकतालाई विभाजन गरियो त्यसले पनि नपुगेर परमादेशबाट सरकार ल्याईयो ।’ पार्टी फुटाउने विधयेक एमाले फुटाउनकै लागी ल्याईएको भन्दै त्यसको सिकार सरकार स्वयम बन्न सक्ने चेतावनी दिनुभयो ।

परमादेशबाट सरकार बनेको लामो समय वितिसक्दा पनि सरकारले पुर्णता नपाउँनु पार्टी फुटाउने विधयेक पनि एक कारण रहेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो । उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, पार्टीका नेता तुल्सीराम अर्याल, जिल्ला सचिवालय सदस्य करमति पुन लगाएतले बोल्नुभएको थियो ।

सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरी करिव ७० जना नेता कार्यक्रर्ता नेकपा एमालेमा प्रवेश गरेको थिए । कार्यक्रम नगर कमिटी अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता, नगर सचिव ज्ञान प्रसाद कंडेलको स्वागत मन्तव्य जिल्ला सदस्य उमेश बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *