बिहुँमा एमालेको भेला


आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका–५ बिहुँकोटमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै नेकपा एमाले काठेखोला गाउँकमिटिका अध्इष डिल बहादुर कार्कीले एमाले फूटको पक्षमा नरहेको बताउनुभयो । कार्यक्रममा बक्ताहरु तेज परियार, गोबिन्द कडेल, जिल्ला सल्लाहकार सदस्य हिरालाल कँडेल, जिल्ला सल्लाहकार सदस्य प्रमानन्द कँडेल, जिल्ला कमिटी सदस्य बाल्कृष्ण कँडेल लगायतले मन्तव्य व्यक्त गर्नूभएको थियो ।



बक्ताहरुले फुट–गुटको गतिविधि गलत रहेको र काठेखोलामा फेरि पनि आफ्नो झण्डा फहराउने र काठेखोला–५ मा फुटको असर शून्य रहेको र सबैलाइ समावेश गर्दै एकढिक्का भएर बताएका थिए ।
उक्त कार्यक्रमको सन्चालन एमाले काठेखोला गाउँ–कमिटि सदस्य हिरालाल कँडेलले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता एमाले वडा कमिटि अध्यक्ष प्रेम पुनको रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *