एनआरएनए मध्यपूर्व संयोजकमा कतारबाट होमनाथ शर्माको उम्मेदवारी

आदर्श अनलाइन, कतार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं महाधिवेशनमा मध्यपूर्व संयोजकमा कतारबाट होमनाथ शर्माले उम्मेदवारी दिनुहुने भएको छ।

साढे दुई दशकदेखि मध्यपूर्वमा रहेर बैचारिक तथा सामाजिक संस्थाको नेतृत्व गरेर समाज सेवामा निरन्तर खटिएका शर्माले आगामि १०औं महाधिवेशनमा मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिने बताउनु भयो ।

शर्माले प्रवासमा रहेको जिल्ला संस्था बागलुङ सेवा समाज कतार, नेपाली जनप्रगतिशिल मञ्च कतार, गण्डकी प्रदेश समन्वय परिषद, एनआरएनएको पहिलो कार्यकाल सन् २००३ देखि २००५ को निर्बाचित परिषद सदस्य साथै एनआरएनए एनसिसि कतारको कार्यसमिति सदस्य देखि सल्लाहकार हुँदै हाल आईसीसी सदस्य पदमा रही कार्य गरेको अनुभब बटुली सक्नुभएको छ ।

सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक तथा सामाजिक सहयोग गर्ने सहयोगी मनका धनिका रुपमा कतारमा चिनिएका शर्माले बिदेशमा सिकेको सीप र आर्जन गरेको पुजीलाई स्वदेशमा सहि सदुपयोग हुने गरि निति निर्माणमा पहल गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

संस्थागत आवद्धता :
१) बाग्लुङ्ग सेवा समाज कतारको संस्थापक उपाध्यक्ष सहित दुइ कार्यकाल अधक्ष, प्रमुख सल्लाहकार हुदै हाल प्रमुख संरक्षक

२) नेपाली जनप्रगतिशील मंच कतारको संस्थापक, उपाध्यक्ष, दुइ कार्यकाल अधक्ष्य हुदै प्रमुख सल्लाहकार

३) अन्तरास्ट्रिय बाग्लुंग समाजको संस्थापक अध्यक्ष एवं हाल संरक्षक

४) गण्डकी प्रदेश समन्वय परिषद कतारको निवर्तमान सल्लाहकार

५) गैर आबसिय नेपाली संघ कतारको पहिलो कार्यकालको निर्बाचित परिषद सदस्य, NCC कार्यसमिति सदस्य, NCC सल्लाहकार हुदै हाल २०१९-२०२१ कार्यकालको निर्वाचित आई सी सी सदस्य

एजेन्डाहरु :
१. बैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगतिहरुको पहिचान गरि सुरक्षित, मर्यादित एवं सम्मानजनक बनाउने।

२. श्रमजीवीको श्रमको उचित सम्मान सहित श्रमिकहरुको हक हितमा जोड दिने ।

३. बिशेषगरि खाडीमा पसिना बगाएर सिकेको शीप र ज्ञानलाई आफ्नै मुलुकमा लगानीको लागी आईसीसी सङ्ग समन्वय गर्ने ।

४. युरोप,अमेरिका लगायत पश्चिमा देशका तुलनामा खाडीका एनआरएनलाई हेर्ने दृष्टिकोण फरक भएकोले त्यसलाई परिवर्तन गर्ने ।

५. ठुलो संख्यामा श्रमजीवी रहेको मध्य पुर्वलाई एनआरएन आइसिसीको प्राथमिकता राखी विभिन्न कल्याणकारी कार्यक्रम संचालनको लागि पहल गर्ने ।

६. आर्थिक गतिविधिहरु बिबादास्पद बन्ने हुँदा संस्थामा आर्थिक पारदर्शिता कायम गर्ने ।

७. सदस्यता शुल्क न्युतम र सहज रुपमा सदस्यता प्रदान गर्ने ब्यबस्था गरी अधिकतम श्रमजीवीलाई संस्थामा आवद्धता गराउने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *