जीपकाे ठक्करबाट वृद्धाकाे मृत्यु

आदर्श अनलाइन, म्याग्दी

जीपकाे ठक्करबाट घाइते वृद्धाकाे उपचारकाे क्रममा पाेखराकाे अस्पतालमा मृत्यु भएकाे छ ।

म्याग्दीकाे बेनी नगरपालिका-५ पुलाचौरस्थित सडकमा ग.१ ज ६६६२ नम्बरको बोलेरो जिपको ठक्करबाट घाइते भएकी  पैदलयात्री स्थानीय ७६ वर्षीया गौमती बिकको शनिबार दिउँसो मृत्यु भएको हाे ।

ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँको  बेनी अस्पताल हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको लागि ल्याइएकोमा उपचार कै  क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *