स्याङ्जाका सहकारीकर्मीहरुलाई सहकारी व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जाको आयोजनामा एक दिने सहकारी व्यवस्थापन तालिम आइतवार सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालित तालिमको शुभारम्भ गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि तालिमले सहयोग पु¥याउने बताउनुभयो । सहकारीलाई यसको मर्म र भावना अनुसार अगाडि बढाउनका लागि व्यवस्थापनका बारेमा जानकारी हुन आवश्यक छ, अध्यक्ष उप्रेतीले भन्नुभयो–सहकारीलाई पूँजि, प्रविधि लगायत संस्थागत विकास र स्तरीकरणका लागि सहकारी बैंक सहयोग गर्न तयार छ । सबै सहकारीहरुले सहकारी बैंकसंग आर्थिक कारोबार लगायत संस्थागत विकासमा सहकार्य गर्न उहाँले आव्हान गर्नु भयो ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी अभियानको साख बढाउनका लागि सहकारी शिक्षालाई व्यापक बनाउदै विधि पद्धती अनुसार सञ्चालन गर्नुका साथै स्पष्ट योजना निर्माण गरेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

तालिममा सहजीकरण गर्दै प्रशिक्षक कृष्णप्रसाद आचार्यले सहकारीले विपन्न र सम्पन्न वर्गका जनताबीच पुलको काम गर्नु पर्नेमा जोड दिदै त्यसका लागि सहकारीका मूल्य, मान्यता, सिद्धान्तसंगै ऐन, कानुन कार्यान्वयन गर्न, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापनको जिम्मेवारी स्पष्ट गरी कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

तालिममा स्याङ्जाको पुतली बजार शाखा अन्तरगत सञ्चालित सहकारी संघ संस्थामा आवद्ध ५५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्मा र स्वागत पुतली बजारका शाखा प्रमुख पुष्पाकुमारी क्षेत्रीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *