ताराखोलामा नेकपा एमालेको अगुवा कार्यकता भेला

मन्दिप निउरे, ताराखोला
नेपाल कम्युनिस्ट पाटि एमाले ताराखोला गाउँपालिकाको अगुवा कार्यकता भेला ताराखोलामा सम्पन्न भएको छ । ताराखोला गाउँपालिका वाड नम्बर ३ मा भिम बहादुर घिमिरेको अध्यक्षमा १५ कार्यसमिति गठन गरिएको छ ।

समितिको सचिवमा दुर्गा बहादुर बगाले, सह–सचिवमा ईश्वर खत्री चयन हुनु भएको छ भने अन्य सदस्यहरु रहेका छन् । एमालेले आगामी असोज २० गते भित्र ताराखोला गाउँपालिका भित्र महिला संघ, युवा संघ लगायत भातृ संगठन गठन गरिने भएको नेकपा एमाले ताराखोला गाउँपालिका सचिव एवम जिल्ला कार्यसमिति बागलुङका सदस्य मन बहादुर लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सचिवालय सदस्य हिरा बहादुर केसीले नेकपा एमालेको पक्षमा माहोल विस्तार गर्ने गरि लाग्ने कार्यकर्तालाई आग्र्रह गर्नुभयो । एमालेले गरेका कामको प्रचारप्रसार गर्न नसक्दा पराजित हुन पुगेको बताउनुभयो ।

अबको चुनावमा नेकपा एमाले पुन : पहिलो दल बनि सरकारको नेतृत्व गर्ने उहाँको तर्क थियो । नेकपा रहदा प्रचण्डको योजना भनेकै माधव कुमार नेपालसंग मिलेर पार्टी कच्जा गर्ने, पार्टीमा विभाजन ल्याउने भएको आरोप लगाउनुभयो ।

कायक्रममा प्रदेश कमिटी सल्लाहकार टेक बहादुर केसी, जिल्ला सदस्य पूर्णबहादुर काउचा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले ताराखोला गाउँपालिकाका संयोजक ऋषिराम रोकाको अध्यक्षता, जिल्ला सदस्य धनप्रसाद बुढाको स्वागत र नेकपा गाउँपालिका सचिव मन बहादुर लामिछाने को संचालकमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *