तंग्राममा एमालेको अगुवा कार्यकर्ता भेला

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत मंगलवार वडा नं. ४ तंग्राममा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलाले असोज मसान्तसम्म सदस्यता नविकरण सम्पन्न गरी कात्तिक ६ गते वडा अधिवेशनको तयारी स्वरुप वडाका विभिन्न टोलहरुको भेला, वैठक तथा अन्तरक्रिया र भेटघाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीबाट एउटा समुह चोइटिएर अर्को पार्टी गठन गरेपछि पहिलो पटक आयोजित वडा भेलाले पार्टीलाई थप शसक्त बनाउदै अगाडि बढ्ने निष्कर्षका साथ टोलभेलाहरु सञ्चालन गर्ने योजना बनाएको पार्टीका वडा अध्यक्ष तथा जिल्ला कमिटि सदस्य रन बहादुर थापाले जानकारी दिनुभयो ।

भेलामा बोल्दै नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि एमाले नै उपयुक्त शक्ति भएकाले निर्धक्क भएर पार्टी गतिविधिमा लाग्न आव्हान गर्नु भयो ।

राष्ट्रियता, आर्थिक विकास, सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा एमालेले गरेका काम र लिएका अडानका कारण एमालेलाई एक्ल्याउन धेरै पार्टीको गठबन्धन बनेको चर्चा गर्दै जिसीले एमालेको नीति, नेतृत्व र कार्यक्रमका अगाडि सबै कमजोर सावित हुने दावि गर्नु भयो ।

कार्यक्रममा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटि सदस्य डिल बहादुर कार्कीले जिल्ला र पालिकाले बनाएका योजनाका बारेमा जानकारी गराउदै पार्टीले सञ्चालन गर्ने गतिविधिसंगै आम समुदायलाई आकर्षण गर्ने कार्यक्रम बनाएर अगाडि जानु पर्नेमा जोड दिनुभयो ।

जिल्ला कमिटि सदस्य नविन किसानले उत्पीडनमा परेको समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने काम एमालेबाट मात्रै संभव भएकाले एमालेमा गोलबन्द भएर अगाडि बढ्न सम्पूर्ण उत्पीडित समुदायलाई आव्हान गनुभयो ।

कार्यक्रममा बामपन्थी नेता खिम प्रसाद पुनले जनताका समस्यालाई साथ दिने गरी कार्यक्रम र योजना बनाएर अगाडि बढ्ने पार्टी नै यतिबेलाको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा एमालेका पूर्व जिल्ला सदस्य याम बहादुर पुन लगायत वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुले पार्टीमा देखिएका समस्याहरुको बारेमा जानकारी गराउनुका साथै एमालेको नीति अनुसार जनतालाई सचेत बनाउदै संगठन निर्माण अभियानमा जुट्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रम एमालेका वडा अध्यक्ष रन बहादुर थापाको अध्यक्षता र सदस्य बल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *