एनभीए कप भलिबलमा गलकाेट क्वाटरफाईनलमा

आदर्श अनलाइन, बागलुङ
छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुष तर्फ गल्कोट स्पोर्ट्स क्लब क्वारटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार साविक विजेता हेल्प नेपालसँग ३–१ को सेटमा पराजित हुँदै गल्कोट समुह उपविजेता बनेको थियो । हेल्प नेपाल समुह विजेता बनेको छ ।

भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजित गर्यो । यस जितसँगै समूह ’ए’ को हेल्प नेपालले ३ खेलमा ९ अंक जोड्यो ।

समुह उपविजेता बनेको गल्कोटले ३ खेलमा ६ अंक जोड्यो । यस समूहबाट बागमती प्रदेश र प्रदेश–२ बाहिरिएको छ । गल्कोटले यस अगाडी बागमती प्रदेश र प्रदेश–२ लाई सोझो सेटमा पराजित गरेको थियो ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *