उच्च अदालत बार एशोसियसन बागलुङको अध्यक्षमा शर्मा


–आदर्श अनलाइन, बागलुङ
उच्च अदालत बार एशोसियसन बागलुङको अध्यक्षमा अखिलनाथ शर्मा सर्बसम्मत चयन हुनुभएको छ । आज बागलुङमा सम्पन्न बार एशोसियसन बागलुङको २८ औं अधिवेशनबाट शर्माको नेतृत्वमा १७ सदस्यीय पदाधीकारी, सदस्य तथा पार्षद चयन हुनुभएको छ । बार एशोसियसनको उपाध्यक्षमा वलराम शर्मा, सचिवमा रमेश बहादुर खड्का, सह–सचिवमा लक्ष्मी बाँस्कोटा, कोषध्यक्षमा यमराज कँडेल चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अभिवक्ता कृष्ण प्राद शर्मा न्यूरेले जानकारी दिनुभयो ।

बार एशोसियसनको सदस्यमा युक्तजंग राजभण्डारी, राधाकृष्ण ज्ञवाली, राम बहादुर केसी, राम प्रसाद शर्मा, डिल्लिराज गौतम, विष्णु प्रसाद सापकोटा, बद्री प्रशाद शर्मा उपाध्याय र लक्ष्मी जिसी रहनुभएको छ ।

यस्तै केन्द्रिय पार्षदमा राजु प्रसाद गौतम, केशवराज पराजुली, दिनानाथ शर्मा र सरिता शर्मा रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *