एमालेको भेला भिमापोखरामा

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको वडा भेला काठेखोला गाउँपालिकाको भिमापोखरामा सम्पन्न भएको छ । वडा भेलालाई सम्बोधन गर्दै नेकपा एमाले काठेखोला गाउँकमिटि अध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य डिल बहादुर कार्कीले जिल्ला कमिटि र गाउँकमिटिले जारी गरेको निर्देशनको पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले एमालेमा फूटको असर नपार्न आग्रह गर्नुभयो । एमाले फूटेर नभई केही स्वार्र्थी मानिसहरु चोइटिएर गएको र गाउँपालिकामा फूटको असर खासै नपरेको कार्कीले बताउनुभयो । उहाँले आगाको झिल्कोलाई हेलचक्राई नगर्दै सजगता अपनाउने संगठन निर्माणमा लागन आग्रह गर्नुभयो ।



वडा भेलाले पार्टीलाई थप मजबुद पार्ने र सदस्यता नविरकण गर्ने निर्णय समेत गरेको छ । वडा भेलामा जिल्ला जिल्ला पार्टी सचिवालय सदस्य तथा काठेखोला गाउँपार्टी कमिटिका सचिव तथा काठेखोला गाउँपालिका–२ का वडा अध्यक्ष विद्यापती शर्माले वडाले गरेको कामका विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रमनेकपा एमाले वडा कमिटि अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष चुडामणी शर्माको स्वागत तथा सचिव नारायणदक्त शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाको व्यवस्थापन प्रेम केसी, चुडामणी शर्मा र राम प्रसाद शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *