बागलुङमा ३१ औं जेष्ठ नागरिक दिवस मनाइयो

आदर्श अनलाइन,बागलुङ

३१ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस शुक्रबार बागलुङमा मनाइएको छ ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले जेष्ठ नागारिकको सुस्वस्थ्यको कामना गर्नुभयो । उहाँले जेष्ठ नागरिकलाई परिवारको सदस्यले मात्र माया गरेर नपुग्ने भन्दै सरकारले पनि जेष्ठ नागरीकलाई प्राथामिकतामा राख्नु पर्ने बताउनुभयो । ढुङ्गानाले समाजको विकास भए पनि समाजमा बस्ने मानिसहरुको चेतनाको बिकास हुन नसकेका कारण अहिले कैयौ जेष्ठ नागरीक वृद्घाश्रम बस्नु परेको बताउनुभयो ।

आफ्ना वृद्घा बुवा आमाको स्याहार सुसार गरेमा धर्म कर्मको लागि मठमन्दिर धाउनै नपर्ने ढुङगानाले बताउनुभयो । उहाँले दिवसको अवसर पारी जेष्ठ नागरीको लागि साथी लाठी भनेर जेष्ठ नागरिकलाई लाठी वितरण गरेको निकै प्रशंसा योग्य रहेको बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले जेष्ठ नागरीकले आफ्नो स्वास्थ्यको नियमीत परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले वृद्घा अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या आउने भएकाले नियमित व्याम, हिँड्डुल गर्ने, स्वस्थकर खानेकुरा खाने, भगन, गीत संगीत गाउने, रातो चिया पिउने, सुगर प्रेसर नियमित जाँच गराउने र विभिन खालका मनोरञ्जन दिने खालका भिडियो हेर्ने र आफ्नो दिमाखलाई सक्रिय गराई राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, पत्रकार महासंघ बागलुङका सचिव विजय राना, नागारीक समाज बागलुङका अध्यक्ष काजी रोशन, समाज सेवी देव बहादुर श्रेष्ठ, जेष्ठ नागारिक जिल्ला संघका बागलुङका सचिव हरी सुवेदी र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश राजभण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

दिवसको अबसरमा जेष्ठ नागरिक संघ बागलुङले १ सय थान टेक्ने लौरी र बागलुङ नगर स्वास्थ्य शाखाले ६० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । कार्यक्रममा जेष्ठ नागरिक संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजीक विकास कार्यालय बागलुङका कार्यालय प्रमुख डम्मर बहादुर जिसीको स्वागत र बागलुङ नगरपालिका महिला शाखाका प्रमुख सरस्वती रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *