सनराइज बैंकको १४ औ वार्षिकोत्सवमा रक्तदान

आदर्श अनलाइन, बागलुङ
सनराइज बैक लिमिटेडको १४ औ वार्षिकउत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शाखा बागलुङको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा १४ जना विभिन्न व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो ।

१ वर्ष अगाडि आफनो शाखा बागलुङमा स्थापना गरेको बैकले नागरिकहरुलाई सेवा दिदै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गरिएको सन्राइज बैंक गण्डकी प्रदेशका प्रमुख सुजन पौडेलले बताउनुभयो । उहाले रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

बैंकिङबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण,स्वास्थ्य बिमा, मिसकल सेवा अन्र्तगत बिद्युत्त बिल भुक्तानी, रिचार्ज,मिनि स्टेटमेन्ट जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैकले एक्सटेन्सन काउन्टर तथा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा गर्दै ग्रामिण क्षेत्रमा रहेको नागरिकहरुलाई सेवा दिदै आएको छ ।

सन्राइज बैंक लिमिटेडले देशभर १ सय ५० भन्दा बढि शाखा मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *