एक साता पछि सहमतिमै टुंगियो बरेङ कांग्रेसको नेतृत्व

आदर्श अनलाइन, बरेङ

नेपाली काँग्रेस बरेङ गाउँपालिकाको नेतृत्व चयनमा सहमति नजुटे पछि स्थगित गरिएको अधिवेशन अन्ततः सहमतिमै नेतृत्व चयन गर्दै सकिएको छ ।

गत असोज ९ गते जिल्लाभर एक साथ गाउँपालिका र नगरपालिकाको अधिवेशनबाट तत्काल नेतृत्व चयन गरिए पनि बरेङमा सभापतिका आंकाक्षी धेरै र आआफ्नै अडानमा रहे पछि तत्कालका लागि स्थगित गरिएको थियो ।

कांग्रेस बरेङ गाउँपालिकाको सभापतिमा सर्वसम्मत रुपमा तुलसी पौडेल चयन हुनुभएको छ । गाउँपालिका सभापतिमा पौडेलसँगै विष्णु खत्री र मोतिराम गौतमले पनि दाबी गर्नुभएको थियो । निरन्तरको छलफल पछि खत्री र गौतमले उम्मेदवारी फिर्ता लिँदै पौडेलका नाममा सहमति गर्न तयार भए पछि अधिवेशन सुरु भएको ७ दिन पछि सहमतिमा नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *