राप्रपा बागलुङको अध्यक्षमा खड्का पुनः चयन

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङकाे अध्यक्षमा सुरेन्द्र खड्का पुनः चयन हुनु भएकाे छ । शनिबार भएको जिल्ला अधिवेशनले खड्कालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्षमा गणेशबहादुर कुवँर, महिला उपाध्यक्षमा भुमादेवी कँडेल र सचिवमा बिष्णुप्रसाद सापकोटा, सदस्यहरुमा हेमराज पन्त, नविनचन्द्र सेर्बुजा, ललितबहादुर क्षेत्री, जुनबहादुर छन्त्याल, लक्ष्मी थापा, सुनिता श्रेष्ठ, जयलाल सापकोटा, पार्वती शर्मा, केशव कार्की, धनबहादुर कार्की, रविप्रसाद उपाध्याय, ऋषिराम कँडेल, चेतबहादुर थापा, बसन्त रावल, मेघध्वज मल्ल, निमबहादुर भण्डारी र चामबहादुर भण्डारी गरी २१ सदस्यीय कार्य समिति गठन भएको छ ।

राप्रपाले पालिकाहरुमा पनि नेतृत्व चयन भएको छ । जस अन्तर्गत ढोरपाटन नगरपालिकामा नीमबहादुर भण्डारी, ताराखोला गाउँपालिकामा भुमादेवी कँडेल, काठेखोला गाउँपालिकामा हिरालाल कँडेल, बागलुङ नगरपालिकामा डिल्लीप्रसाद सापकोटा, तमानखोला गाउँपालिकामा शेरबहादुर स्युठानी, निसीखोला गाउँपालिकामा गणेशबहादुर कुँवर, बडिगाड गाउँपालिकामा दुर्गा बहादुर बुढा, सर्वसम्मत चयन भएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा, प्रदेश क्षेत्र नम्बर ‘क’ अध्यक्षमा केदारनाथ कँडेल, प्रदेश क्षेत्र नम्बर ‘ख’ पुगेन्द्र सापकोटा, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का अध्यक्षमा चक्रबहादुर मल्ल, प्रदेश क्षेत्र नम्बर क अध्यक्षमा मनप्रसाद धर्ती र प्रदेश क्षेत्र नम्बर ख अध्यक्षमा दीपक कुँवर क्षेत्री चयन भएका छन् । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको नेतृत्व भएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *