राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाभर विरोध सभा गर्ने

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाभर विरोध सभा गर्ने भएको छ । जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले एक विज्ञप्ती जारी गर्दै एमसीसी र व्यथिति, महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी लगायतको विरुद्धमा विरोध कार्यक्रम गर्न थालेको उल्लेख छ ।

जनमोर्चाले असोज २० गते जिल्लाको ५२ स्थानमा विरोध प्रद्धर्शन गर्ने जिल्ला सचिव पोखरेलले जानकारी दिनुभयो । विरोद प्रद्धर्शनका लागि स्थान र प्रमुख वक्ता समेत टुङ्याएको छ ।

आगामी फागुन मसान्तसम्म सातौं बागलुङ जिल्ला सम्मेलन गरिने, त्यसलाई सफल पार्न पौष मसान्तसम्म टोल तहसम्म बैठक गरी आवश्यक निर्णय गर्ने, सदस्यता वितरण गर्ने, माघ १० गतेदेखि २९ गतेसम्म वडा स्तरका भेला गर्ने र फागुन १५ गतेभित्र पालिका तहका सम्मेलन गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *