२४ सय ग्राम गाँजासहित दुई युवक पक्राउ

आदर्श अनलाइन, कास्की
कास्की प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-३० स्थित पावरहाउसमा सवारीसाधन चेक जाँच गर्ने क्रममा २४ सय १० ग्राम अवैध गाँजासहित इलाम रोङ -६ स्थायी घर भई पोखरा १६ लामाचौर बस्ने २३ वर्षीय निरोज प्रधान र पाल्पा माछागढी गाउँपालिका -१ घर भई पोखरा -८ नागढुंगा बस्ने २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक किलो १५२ ग्राम गाँजासहित प्रधान पक्राउ परेका हुन् । त्यसै गरी मगर एक किलो २५८ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट प्रधानलाई आठ दिन तथा मगरलाई बाह्र दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *