तास खेलिरहेका १८ जना नगदसहित पक्राउ

आदर्श अनलाइन, पोखरा
पाेखरामा तास खेलिरहेकाे अवस्थामा प्रहरीले नगदसहित १८ जना पक्राउ गरेकाे जनाएकाे छ । कास्कीकाे पोखरा १९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पुनको घरमा जुवातास खेलिरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

त्यसैगरी  पोखरा १९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *