स्थानीयको अवरोधपछि उपल्लो मुस्ताङमा पुरातत्व उत्खनन् रोकियो

आदर्श अनलाइन, मुस्ताङ
जोमसोम-चिनको स्वशासितक्षेत्र तिब्ब्तसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका —३ कप्टे वारी डाँडा र पारी डाँडाको पाखोमा ऐतिहासिक मानव बस्ती खोजअनुसन्धान गरिरहेका पुरातत्वसहितको ४ विदेशी अनुसन्धान बिज्ञ टोलीको काममा स्थानीयबासीले अवरोध पु¥याएका छन् ।

उपल्लो मस्ताङको लोमान्थाङ—३ स्थित प्राचिन मानव सम्यता पत्ता लगाउने उद्देश्यले गत असोज ५ गते ५२ दिनको परमिट काटेर उपल्लो मुस्ताङ गएको नेपाल सरकार पुरातत्वसहितको विदेशी अनुसन्धान टोलीलाई स्थानीयले पुरातात्विक उत्खनन् गर्न अवरोध सृजना गरेका हुन् । स्थानीयले पहाड खनेर उत्खनन्को काम गर्दा बिपद निम्तन सक्ने भन्दै करिव ५०÷६० जना स्थानीय समुदायको टोलीले आज आईतबार बिहान अवरोध गरी काम गर्न नदिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार उपल्लो मुस्ताङमा प्राचिन अवस्थामा रहेका पुरातात्विक मानव सभ्यता र सम्पदाहरुको खोज अनुसन्धान गर्न पुगेको टोलीलाई १० दिनपछि अवरोध सृजना भएको जानकारी दिए ।पुरातत्व बिभागकी उपसचिव सुभद्रा भट्टराईसहित अमेरिकन १ जना महिला , फ्रान्सका ३ जना महिला बिशेषज्ञ र अन्य ५ जना मजदुर टोली प्राचिन सम्यता पत्ता लगाउने उद्देश्यले उपल्लो मुस्ताङ पुगेका थिए । उनीहरुले त्यहा ट्रेन टांगेर काम गरिरहेको अवस्थामा स्थानीयको अवरोध भएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।

सन् २०१० देखि बर्सेनि उपल्लो मुस्ताङको बिभिन्न स्थानमा ऐतिहासिक अध्ययन अनुसन्धान गर्दै आईरहेको अमेरिकन स्टाई डोर फाउन्डेसनले नेपाल सरकार अन्तर्गत पुरातत्व बिभाग र गृह मन्त्रालयको अनुमती लिएर असोज ६ गते देखि उत्खनन्को काम थालेको थियो ।नेपाल सरकारको प्रतिनिधिको रुपमा उपस्थित पुरातत्व विभागकी उपसचिव सुभद्रा भट्राईले नेपाल सरकारले एमओयु स्विकृत गरी टोली अध्ययन अनुसन्धानका लागि आएको जानकारी दिईन । उनले टोलीमा अमेरिका स्थित कयार्लिफोनिया युनिभर्ससिटीका प्रोफेसर डक्टर मार्कसहितको ५ जना अनुसन्धान टोली उपल्लो मुस्ताङ आईपुगेको बताईन् ।

उनले प्राचिन बस्ती पत्ता लगाउन भईरहेको उत्खनन्मा स्थानीयको अवरोध भएको जानकारी दिईन ।“हामीले सरकार देखि सबै सरोकारवाला निकायलाई पुर्व जानकारी गराएका थियौं,उनले भनीन् ,“तर ,१० दिनपछि गाउलेले काम गर्न दिएनन् ।’ उनले स्थानीयको सुझाव अनुसार लामा राखेर काम सुरु गरेको बताईन् । विभागकी उपसचिव भट्राईले यो काम बर्सेनि हुन्थ्यो र यसले यहाको पर्यटन विकास समृद्धिमा समेत आयाम थप्ने दावी गरिन् । उनले स्थानीयले रुढीबादी सोच र चिन्तन लिएकाले काम रोकिन पुगेको दुखेसो सुनाईन । उनले स्थानीयले काम गर्न नदिए फर्किने र सोही अनुसार सरकारलाई जानकारी गराउने उनको उल्लेख गरिन् ।“हामीले कुनै बस्ती र स्थान जोखिममा पार्ने उद्देश्य होईन ,उनले भनीन् ,“प्राविधिक अध्ययन गरेर मात्र काम सुरु हुन्छ,अनि कसरी खोखिम हुन्छ र ।

लोमान्थाङ—३ का वडाध्यक्ष आङे गुरुङले उपल्लो मुस्ताङमा खेतीपाती पाक्ने सिजन भएको र पहाड उत्खनन गर्दा देवता रिसाएर अनिष्ठ हुने , पानी बढी पर्ने,असिना पर्ने र पहिरो जाने जोखिम भएकाले उत्खनन् कार्यमा रोक लगाएको उल्लेख गरे । केही स्थानीयले भने धार्मिक विधि अनुसार पुजापाठ गरी काम गर्नुपर्ने जनाएका थिए । तर ,परम्परा अनुसार अध्ययन टोलीले पुजापाठ गरेर काम अघि बढाएको थियो ।

पुरातत्व बिभागको उत्खनन् अनुमती र अध्यामगन बिभागको पर्यटन रोयल्टी शुल्क तिरेर उपल्लो मुस्ताङ पुगेको अध्ययन अनुसन्धान टोलीलाई स्थानीयबासीले अवरोध पु¥याएको प्रहरीको भनाई छ ।

प्राचिन सम्यता उत्खनन् तथा अनुसन्धान गर्न पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय,प्रहरी ,एक्याप र स्थानीय निकाय लगायत सबै सरोकारवाला निकायलाई पुर्व जानकारी गराईएको बताईएको छ । तर ,प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिहरुले प्राचिन सम्भयता पत्ता लगाउने बिषयको सन्दर्भमा आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन् । स्थानीयको अवरोधपछि अनुसन्धान गर्ने विदेशी टोलीको काम रोकिएको छ । प्रहरीका अनुसार सोमबार स्थानीय जनप्रतिनिधि ,स्थानीयबासी ,पुरातत्व विभागकी उपसचिव भट्टराई र बिदेशी अनुसन्धान टोलीको बार्ता सम्वादको पहल भईरहेको जनाईएको छ । स्थानीयले अनुमती दिएको खण्डमा टोली अझै ४२ दिन उपल्लो मुस्ताङमै रहने छ भने अनुमती नदिने अवस्था रहेमा टोली फर्किने छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा सदिंयौ बर्ष पुराना ऐतिहासिक,धार्मिक र सास्कृतिक सम्पदा लुकेर रहेको हुनसक्ने र त्यसको पहिचान गर्न विदेशी अनुसन्धान कर्ताको बिज्ञ टोली उपल्लो मुस्ताङ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *