ताराखोलाकी एक महिला तीन दिनदेखि सम्पर्कविहीन

आदर्श अनलाइन, बागलुङ
ताराखोलाकी एक महिला तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ । जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ५ की ३८ वर्षीया तुलमाया रोका तीन दिनदेखि सम्पर्क विहीन भएको उहाँका श्रीमान तुल बहादुर रोकाले जानकारी दिनुभयो ।

रोकाले आफुलाई खोज्ने प्रयास नगर्न भन्दै कागजमा सन्देश लेखेको छोडेको बताइएको छ । परिवारले घर तथा आफन्तकोमा खोजी गरे पनि फेला नपारेपछि इलाका प्रहरी कार्यालय ताराखोलालाई अनुरोध गरेको उहाँका श्रीमानले जानकारी दिनुभयो ।

परिवारले रोकालाई कतै फेला पारे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *