आदर्श अनलाइन, पर्वत
ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटनाबाट मृत्यु भएका तीन जना बिमितको परिवारलाई ११ लाख ७७ हजार ४ सय त्रिचालीस रुपैया हस्तान्तरण गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा जेठ १७ गते राती गएको पहिरोमा परि मृत्यु भएका स्थानीय राम प्रसाद शर्मा(माधब) का एक छोरा एक छोरी र श्रीमतिको नाममा ज्योती लाइफ इन्स्योरेन्स कम्पनिमा बीमा गरेका थिए । सो बीमा बापतको रकम एक कार्यक्रमका बिच कम्पनीले पीडित राम प्रसाद शर्मा(माधब) लाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा कम्पनीका धौलागिरी एरिया प्रमुख मेघराज खड्काले जीवन बीमा गरेर भैपरी आउने जोखिम बीमा कम्पनिलाई हस्तान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा कुश्मा नगरपालिका–३, दुर्लुङका वडा अध्यक्ष तेज प्रसाद पाध्या, पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङका अध्यक्ष रामशरण पोख्रेल, समाजसेवी आरसी पौडेल, ज्योति लाइफका कुश्मा शाखा प्रबन्धक राजन केसि लगायतले जीवन बीमाको बारेमा प्रष्ट पारेका थिए ।