काठेखोलाको रेशमा वाककला तथा वित्तीय साक्षरता तालिम सुरु

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा वाककला तथा वित्तीय साक्षरता सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । आदर्श सञ्चार सहकारी संस्था, काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश र रेश साना किसान सहकारी संस्थाले संयुक्त रुप्मा आयोजना गरेको तालिममा सार्वजनिक कार्यक्रममा बोल्ने कलाका साथै वित्तीय रुपमा व्यक्ति परिवार र समाजले लिन सकिने लाभका बारेमा जानकारी गराइनेछ ।

शनिबार सम्म सञ्चालन हुने तालिमको राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’, काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका अध्यक्ष प्रेम लामिछाने र रेश साना किसान बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले सामूहिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन पछि बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले समय धेरै गतिशील भएकाले समय सापेक्ष रुपमा आफूलाई परिवर्तन गरेर अघि बढ्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका अध्यक्ष प्रेम लामिछानेले मानिसको हर दैनिकी र जीवनमा बोल्ने कला र वित्तीय कारोबार अपरिहार्य भएकाले यसका बारेमा यथेष्ट बुझ्ने र प्राप्त ज्ञानको व्यवहारिक उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रेश साना किसान बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले बोल्ने कला र वित्तीय साक्षरताको अभावमा गाउँका दाजुभाइ दिदीबहिनी धेरै पछि परिसकेकाले त्यसको बोध गरेर तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले रेशका अध्यक्ष तोपबहादुर कार्कीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम रेश साना किसान बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष उजेली शर्माको स्वागत मन्तव्य र प्रजापति गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थाका सम्पादक रामबहादुर जिसी, प्रबन्धक दिपकराज सापकोटा र कार्यकारी सम्पादक दिल शिरीषले तालिमको सहजिकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *