आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी एमालेले काठेखोला गाउँपालिका ३ नम्बर मा वडा भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटाले पार्टीलाई बलियो बनाउन वडा स्तरबाटै लाग्नु पर्ने बताउनुभयो ।
अध्यक्ष सापकोटाले पार्टीमा केही समय अगाडी केही मतभेद भए पनि अहिले त्यो समस्या समाधन भएको भन्दै कार्यकर्तालाई बिचलित नभई संगठनमा लाग्न आग्रह गर्नुभयो । पार्टीलाई बलियो बनाउन वडाका नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने भन्दै नेतृत्व तहका नेतासँग समन्वय गरेर संगठन विस्तार गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य हिरा बहादुर केसी, संघीय सांसद सुर्य पाठक, प्रदेश सांसद साबित्रा राना, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, नेपाल नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य कृष्णराज शर्मा, नेकपा एमाले काठेखोला गाउँपालिका अध्यक्ष डिल बहादुर कार्की, नेकपा एमाले प्रदेश निर्वाचन कमिटी सदस्य कुल बहादुर विक, पूर्व जिल्ला सदस्य गोपाल श्रीस लगायत बोलेका थिए ।
भेलाले समय मै सदस्यता नवीकरण गर्ने, कार्तिक ६ गते हुने वडा अधिवेशनसम्पन्न गर्ने निर्णय गरेको छ ।