जुवा खेल्दै गरेका चार जना पर्वतमा ६० हजार नगदसहित पक्राउ

आदर्श अनलाइन,पर्वत

पर्वत जिल्लाको जलजला गाउँपालिका–३ वारीबेनीबाट जुवा खेल्दै गरेका ४ जनालाई ६० हजार एक सय ८५ रुपैयाँसहित पक्राउ गरिएको छ ।

पर्वत प्रहरीका अनुसार हार-जित हुने गरी जुवा खेलिरहेका उनीहरुलाई विशेष सुराकीका आधारमा सोमबार दिउँसो पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–४ का महेश राई, तेह्रथुमको लालिगुराँस गाउँपालिका–६ का सरोज थापामगर, पर्वतकै जलजला–३ का रामबहादुर पुन र विकास श्रेष्ठ रहनुभएको छ । चाडबाडको बेला जुवातास खेलेर सामाजिक रीतिरिवाजमा दख्खल पुर्‍याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई तासमा हार-जितको खेल खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले दिएको विशेष सुराकीको आधारमा सूचना प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई सोमबार नै जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक ५ दिनको मिति थपेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *