पर्वतमा बनेको विश्वकै दोस्रो लामो जीप लाइनको परीक्षण सफल

फाइल तस्बिर

आदर्श अनलाइन, पर्वत

पर्वत जिल्लाको कुश्मा चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइनको परीक्षण सफल भएको छ ।

सदरमुकाम कुश्मा नगरपालिका(५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको जीप लाइनका अध्यक्ष बिदुर पौडेलले बताउनुभयो।

उनका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लाग्तमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो ।

जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की ९वाटर बाइक० समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीका सञ्चालक राजकुमार बस्नेतका अनुसार पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भएपनि अब उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा पर्यटकीय विकास हुनेमा विश्‍वास व्‍यक्त गर्नुभयो।

उक्त जिपलाइनको निर्माण भारतीय कम्पनी श्याम जिपलाइनले गरेको हो। नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिएर यात्रा गर्न मिल्ने बनाइएको छ । उक्त यात्रा ६० देखि ९० सेकेण्डको समय अवधिभित्र पूरा भइसक्नेछ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने कप्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *