दसैंमा बन्द सरकारी कार्यालय,बैंक वित्तीय संस्था खुल्यो

आदर्श अनलाइन

दसैंको विदा सकिए सँगै सदरमुकाम शहर बजारमा चहल पहल बढेको छ ।

दसैंका लागि बन्द भएका सरकारी कार्यालय सँगै बैंक वित्तीय संस्थाहरु पनि आजदेखि खुलेका छन् ।

दसैं मनाउन गाउँघर गएकाहरु शहर बजार र राजधानी काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । मुख्य राजमार्ग हुँदै सदरमुकाम र राजधानी फर्किनेहरुको लगायतका भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।

काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *