आदर्श अनलाइन, पोखरा
पाेखरामा कारकाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे छ ।
कास्कीकाे पोखरा महानगरपालिका-२५ हेम्जा शान्ति चोकमा ग३ च ४९२२ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने म्याग्दी घर भएका पैदलयात्री ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कारकाे ठक्करबाट गम्भीर घाइते भएका शिर्पालीलाई मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।