सरकारले साफ उप-विजेता खेलाडीहरुलाई जनही ५ लाख दिने

आदर्श अनलाइन, काठमाडौँ
सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो ।

तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *