आज गण्डकी र वागमती प्रदेशमा हाँडीघोप्टे वर्षाको सम्भावना

आदर्श अनलाइन,काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा हाँडीघोप्टे वर्षा हुन सक्ने जनाएको छ।

मंगलबार दिउँसोसम्म सुदूरपश्चिम र प्रदेश १ मा पनि जनजीवन प्रभावित गर्ने गरी वर्षा भएको थियो। यी क्षेत्रमा बुधबारसम्म सोही प्रणाली रहने छ।

पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ। महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिममा मंगलबार दिउँसो ३ बजेसम्म पनि भारी वर्षा भएको थियो। बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिएको शाक्यको भनाई छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुतm प्रभावले ठूलो खालको वर्षा निम्त्याएको हो। अधिकांश घटना हेर्दा यी दुइटा सिस्टम मिसिएपछि अलि गम्भीर खालको वर्षा निम्त्याउने गरेको छ ।

केही दिन पहिला मौसम बाहिरिएको समाचारहरू प्रकाशित भएपछि किसानहरूले धान धमाधम काटेका थिए। तर, धान भित्राउन नपाउँदै अत्यधिक वर्षा भएपछि मौसमविद्को आलोचना भएको थियो।

मौसमविद् शाक्यले मनसुन बाहिरियो भन्नुको अर्थ पानी नै पर्दैन भन्ने अर्थ लगाउन नमिल्ने बताउनुभयो । ‘पोष्ट मनसुनकै समय छ। यस्तो बेला वर्षा कम हुने मात्र हो। तर, प्रत्येक वर्ष उस्तै मौसम हुँदैन,’ उहाँले भन्नुभयो, ‘पहिला पनि यस्तो समस्या हुने गथ्र्यो। यसवर्ष न्यून चापीय प्रणाली र पश्चिमी वायु बनेकाले यस्तो भयो।’

बंगालको खाडी तथा मध्य भारतस्थित न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुतm प्रभावले अत्यधिक असर गरेको छ। यसले धेरै वर्षा गराउँछ। तर, यस वर्ष साइक्लोन ९चक्रवत० बनेको छैन। चक्रवत बनेको खण्डमा अझ धेरै वर्षा गराउँछ। र, वर्षासँगै वायुको गति धेरै हुन्छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली नदीले सतर्कता तह पार गरेको छ। कैलालीकै खुटिया नदीको सतहले सतर्कता तह आसपास छ।

साथै, जुम्लाको तिला नदी सेरीघाट जलमापन केन्द्रले सतर्कता पार गरेको र रातिसम्म नै खतरा रहेको जनाएको छ। महाशाखाका अनुसार महाकाली नदीले सोमबार साँझसम्म खतराका तह पार गरेको थियो। कर्णालीकै असारघाटमा ७।९२५ मिटर पुगेको थियो। पूर्वी नेपालको तमोर नदीमा पानीको सतह बढेर ६।६४१ मिटर पुगेको महाशाखाले जनाएको छ। त्यसले जनधनको क्षति गर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *