आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शेयर सदस्यहरु विष्णुनाथ सापकोटाका बुवा तथा इन्द्रा सापकोटाका ससुरा बुबा ऋषिराम उपाध्ययायको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ३ स्थित निवासीमै पुगेर बुधबार श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक अम्बिका जिसी, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल, कार्यालय सहायक सुरज किसान, बजार प्रतिनिधि लक्ष्मी शर्मा लगायतको उपस्थितीमा शेयर सदस्यको आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप १० हजार रुपैयाँ स्वर्गीय उपाध्यायको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरी क्षेत्रमा सञ्चारको संस्थागत विकास गर्ने लक्ष्यका साथ स्थापित यो क्षेत्रको पहिलो सूचना तथा सञ्चार सहकारी संस्था आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार डटकम अनलाइन सञ्चालन गर्नुका साथै वित्तीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *