काँग्रेसलाई गुट उपगुट मुक्त पार्टी बनाइन्छ : रामचन्द्र पौडेल

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन पछि नेपाली काँग्रेसमा गुट उपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुट उपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडी बढ्ने बताउनुभयो ।

बागलुङ स्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ विहँुले आउदै गरेको शुभदिपावली लगायताका चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिंगो काँग्रेसको शिसावले हेर्न आम कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“हामी १४ औं महाधिवेशनमा छौं, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिएपनि यो गुट हैन” पौडेलले भन्नुभयो “महाधिवेशनपछि काँग्रेस झनै शसक्त भएर अगाढी बढ्छ, काँग्रेस अव व्यक्ति हैन पार्टी हो, कसैले शेर बहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।”

उहाँले मुलुकको संविधानको खेलवाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताउनुभयो । पौडेलले एकलौटी ढंगले सत्ता संचालन गर्न खोज्दा संविधानको मर्म भन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेको समेत आरोप लगाउनुभएको थियो ।

उहाँले काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । उहाँले मध्यपहडाी लोकमार्ग अन्र्तगतको बागलुङ खण्डमा कालोपत्रेका लागि भइरहेको ढिलाईप्रति आफ्नो ध्यानआर्कषण भएको भन्दै यसलाई तत्काल अगाढी बढाउन पहल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *