आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग दुईतर्फी सुचारु भएको छ ।
पहिरो खस्दा गए राती ३ बजेदेखि अवरुद्ध भएको सडक पहिरो पन्छाएर बिहान सवा १० बजे देखि नै सुचारु भएको स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
तीन वटै सुरक्षा निकायको पहलमा प्रमुख जिल्ला अधिकारी र नगरपालिका साथै सडक विभागसँगको सहकार्यमा सडकको पहिरो पूर्ण रूपमा हटाएर दुई तर्फी सञ्चालन गरिएको एसपी बोगटीले बताउनुभयो ।
त्यस अघि अत्यावश्यक आवागमनलाई सुचारु गर्न सेती दोभान हुँदै खड्केटारी तर्फबाट बाइपास खोलेर साना सवारीसाधनलाई पास गराउने काम गरिएको थियो ।