बागलुङमा कात्तिक ६ देखि जेसीज सप्ताह हुने

आदर्श अनलाइन, बागलुङ
युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि क्रियाशील बागलुङ जेसीजको आयोजनामा यही कात्तिक ६ गतेदेखि जेसीज सप्ताह सुरु हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै बागलुङ जेसिजले सप्ताहका अवसरमा आयोजित कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

सप्ताहका अवसरमा पहिलो दिन कार्यक्रमको उद्घाटन तथा युवा सम्मान, पत्रकारसंग मैत्रीपूर्ण फुटसल प्रतियोगिता, दोस्रो दिन स्लो बाइक रेस, तेस्रो दिन बैंकिङ क्यारियर प्रशिक्षण गरिने सप्ताहका मुल संयोजक अमर बहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार चौथो दिन स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्रा, पाँचौ दिन प्रभावकारी सार्वजनिक वाक्कला तालिम, छैठौ दिन अन्तर मावि नृत्य प्रतियोगिता र अन्तिम दिन वक्तृत्वकला प्रतियोगिता र पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने थापाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बागलुङ जेसीजले हरेक वर्ष मनाउदै आएको जेसीज सप्ताह रचनात्मक हुने र यसले युवाहरुलाई थप सिजर्नशील बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षता र सचिव प्रकाश आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *