ढोरपाटनमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला

आदर्श अनलाइन,ढोरपाटन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला परेको छ ।

लिंग नखुलेको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । बिहीबार स्थानीयले खोला किनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटना स्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो । ‘पहिचान गर्न निकै कठिन अवस्थाको शव छ, हामी अनुसन्धानमा छौं’ प्रहरी निरिक्षक वन्तले भन्नुभयो ‘शिशुको शव कस्ले किन बेवारिसे अबस्थामा छोडेको भन्ने केही पत्तो लागेको छैन ।’ चार/पाँच महिनाको गर्भ जस्तो देखिने शिशुको शव भेटिएको उहाँले बताउनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *