कुर्सीको लोभमा माधव नेपालले पार्टी फोरेको जनताले बुझिसके : नेता नेपाली


–आदर्श अनलाइन बागलुङ
नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले कुर्सीको लोभमा माधव नेपालले पार्टी फोरेको जनताले बुझिसकेको बताउनुभयो ।

नेकपा एमाले बागलुङ नगरपालिका–८ सिगाना वडाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेपालीले केपी ओलीको रिसमा एमाले मास्न माधव नेपाल उद्दत भएको बताउनुभयो ।

उहाँले आगमी महाधिवेशन समेत पर्खन नसकेकेर पार्टी फोर्नुको रहस्य केपी ओली शर्मा प्रतिको जनमोह देखेर अतालिएको आरोप लगाउनुभयो ।

‘नेता नेपालीले अध्यक्ष संग कुरा नमिले महाधिवेशनबाट फेर्न सक्नुपर्दथ्यो’ नेपालीले भन्नुभयो ‘महाधिवेशन सम्म नपर्खेर पार्टी फोड्न उद्दत हुनेहरुलाई कुर्सीको लोभ नभएर के को लोभ हुन्छ ।’ कार्यक्रममा याम बहादुर खत्री, हरी बहादुर जिसी, अर्जुन खड्का, रत्न बहादुर खड्का, लोक बहादुर खड्का, रमेश थापा, रेशम थापा, सुरेश मल्ल, राम नेपाली, शिव खड्का, अनेरास्ववियु धौलागिरी क्याम्पस बागलुङका सचिव अमृता जिसी, बानपा–८ का वडा अध्यक्ष तथा जिल्ला कमिटि सदस्य राजन जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नूृभएको थियो ।


नेकपा एमाले सिगनामा सुरेश मल्लको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । वडा कमिटिको उपाध्यक्षमा जगत बहादुर जिसी, सचिवमा अर्जुन खड्का, उप सचिवमा राजन कार्की, देवेन्द्र नेपाली रहनुभएको छ ।


सदस्यहरुमा सूर्य जिसी, डिल जिसी, रञ्जित जिसी, ज्ञान कुमारी जिसी, भुपेन्द्र जिसी, रत्न बहादुर जिसी, पुष्पा क्षत्री, छविलाल जिसी, डिल बहादुर खड्का, गोविन्द प्रसाद गौतम, डिल बहादुर खड्का, सुरेन्द्र खड्का, अमृता जिसी, सम्मर बहादुर जिसी, पूर्ण बहादुर कार्की, कमल खड्का, कोपिला कार्की, गंगा कार्की, देवेन्द्र कार्की, मिना खड्का, सरस्वती नेपाली, हरी नेपाली, राममाया नेपाली, पवित्रा नेपाली, बिमल कार्की, कृष्ण खड्का र प्रेम जिसी रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *